शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश
गण्डकी प्रदेश

पल शाहलाई थुनामै राख्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पोखराले अभिनेता पल शाह (पूर्णविक्रम शाह) लाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

न्यायाधीशद्वय उज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले शाहलाई पुर्पक्षका लाथि थुनामा पठाउने तनहुँ अदालतकै फैसला सदर गरेको हो ।

उच्च अदालत पोखराका उपरजिस्टार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यका अनुसार नाबालिकालाई जबरजस्ती करणीको अभियोगमा तनहुँ कारागारमा पुर्पक्षका लागि थुनामा रहेका शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

शाहका तर्फबाट कानुन व्यवसायीले तनहुँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध गएको मंगलबार निवेदन दिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार