शनिबार, साउन १२, २०८१
  • होमपेज
  • साल्ट ट्रेडिङ्गको व्यापार ९४५ करोड पुग्यो
बजार

साल्ट ट्रेडिङ्गको व्यापार ९४५ करोड पुग्यो

काठमाडौँ । साल्ट ट्रेडिङ्ग कर्पोरेशनको ब्यापारमा आएको वृद्धिसँगै खुद नाफा पनि बढेको छ । ब्याज खर्चमा भएको उच्च वृद्धिका वावजुत कम्पनीको आम्दानीमा उच्च सुधार भएपछि खुद नाफामा समेत सोही अनुसारको आकर्षक बढाेत्तरी भएको हो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा कम्पनीले ४० प्रतिशतले वृद्धि गर्दै ५ करोड १९ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको ९ महीनामा कम्पनीले ३ करोड ७१ लाख १७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

नाफासँगै कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी पनि २ रुपैयाँ ८ पैसाबाट बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ । चुक्ता पुँजी २६.५० प्रतिशतले बढेर ३२ करोड ७ लाख १६ हजार ९६० रुपैयाँ पुगेको छ । चैत मसान्तसम्म जगेडा कोषको आकार पनि ४ करोड १० लाख ७०४ हजारले बढेर १ अर्ब ३९ करोड २१ लाख १८ हजार रुपैयाँ रहेको छ । चैतसम्म कम्पनीको प्रति सेयर नेटवर्थ ५३४ रुपैयाँ ६ पैसा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७९७.१४ रुपैयाँ र मूल्य आम्दानी अनुपात २०८.३१ गुणा छ ।

अपरिष्कृत वित्तीय विवरण अनुसार गत आवको तुलनामा चालु आवको चैतसम्म कुल आय २७ प्रतिशतले बढेको छ । कम्पनीको कुल आय ८८ करोड ४५ लाख ३४ हजार रुपैयाँ पुगेको छ । गत आवको तेस्रो त्रैमासको तुलनामा कम्पनीको बिक्री आय ६३.९१ प्रतिशत बढेको छ । चैतसम्म कम्पनीको बिक्री आय ५ अर्ब ७७ करोड २ लाखबाट बढेर ९ अर्ब ४५ करोड ८० लाख पुगेसँगै कुल आम्दानीमा पनि सुधार भएको हो ।

कम्पनीको अन्य आय ४.७८ प्रतिशत बढेर २ करोड ७३ लाख ४३ हजार रुपैयाँ पुगेको छ । यस्तै कर्मचारी खर्च २४ करोड ९७ लाखबाट २७ करोड १७ लाख, प्रशासनिक खर्च १५ करोड ३४ लाखबाट १६ करोड १२ लाख रुपैयाँ पुगेको छ । ब्याज खर्च ५२.८५ प्रतिशतले बढेर ४१ करोड ६१ लाख २५ हजार रुपैयाँ पुगेको छ ।

कर्पोरेशनले गुणस्तरीय वस्तुहरुको कारोबार गरी आम उपभोक्ताहरुलाई गुणस्तरयुक्त खाद्यवस्तु तथा अन्य वस्तुको सरल र सहज आपूर्ति व्यवस्था गरी सामाजिक उत्तरदायित्व बहन गर्दै कारोवार गर्दै आइरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार