शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • यस्तो अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान
Breaking News

यस्तो अवस्थामा भेटियो तारा एयरको बेपत्ता विमान

काठमाडौं । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वारेमा विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए ।

सिलवालले सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेको तस्वीरमा विमान पहाडमा बज्रिएर टुक्राटुक्रा भएको देखिएको छ। प्रवक्ता सिलवालका अनुसार सेनाको खोजी तथा उद्धार टोली घटनास्थलमा परिचालन भइसकेको छ । विमानमा सवार यात्रुहरुबारे विवरण आउन बाँकी रहेको सेनाले जनाएको छ ।

आइतबार विहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन भएको थियो । नाइन एन ए इटी कलसाइनको जहाजमा चार भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु रहेको तारा एयर जनाएको छ । जसमा धनुषाको मिथिला नगरपालिका ११ लोटागाउँका एकै परिवारका ७ जना रहेका छन् । यस्तै गोरखाको शहीद लखन गाउँपालिका–५ को तिनपानेका ४ जना एकै परिवारका रहेका छन् ।

जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएका थिए भने को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा रहेको तारा एयरले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार