शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • विष्णु दाइ ! तपाईं नेपाल फर्कनै पर्छ
Breaking News

विष्णु दाइ ! तपाईं नेपाल फर्कनै पर्छ

श्याम गैरे

अपी, साइपाल चिच्चाइरहेछन्,
खप्तड ध्यान मुद्रामा छ,
सोच्दै- आफ्नो प्रिय सन्तानबारे ।

देउडा दाईकै संगीत सुनाउँदै छ,
घाटु नाच,
धन नाच
यहाँको मुस्कानको प्रतिक्षामा छन् ।

हरेक नेपालीका एरफोनले पनि
थाहा पाउन,
बाँकी छ
यहाँ नेपाल फर्किएको खबर ।

बाँकी छ छाप्न सञ्चारमाध्यमले,
‘ए यस्तो मान्छे पनि नेपालमा छ’ शीर्षकको हेडलाइन ।

विश्व मानचित्रमा देश
सानो होला
हामी साना हौला,
तर यहाँ अभाव खड्किएको छ
अणु जस्तै हाम्रो शक्तिशाली अस्तित्व बुझाई दिने मान्छेको ।

अनि फुट्नेछ
यहाँका साना एटम बामहरू,
विश्व सपार्न ।

ए विष्णु दाई
हाम्रै पुस्ताले नेपाल परिवर्तन गर्नुछ
त्यसैले
तपाईं छिट्टै नेपाल फर्किनैपर्छ,
देशले तपाईंको नेतृत्व पाउनै पर्छ ।

धन्यवाद, शुभ पल !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै