शनिबार, साउन १२, २०८१
  • होमपेज
  • खप्तडछान्नाको गोरखालीमा चट्याङ लागेर चार जना घाइते, तीनको अवस्था गम्भीर
समाचार

खप्तडछान्नाको गोरखालीमा चट्याङ लागेर चार जना घाइते, तीनको अवस्था गम्भीर

बझाङ । बझाङको खप्तडछान्ना गाउँपालिका–७ गोरखालीमा चट्याङ लागेर तीन चार जना घाइते भएका छन् । मंगलबार साँझ ७ः१५ बजे आइते रावतको घरमा चट्याङ आउँदा नजिकै रहेका चार जना घाइते भएका हुन् । स्थानीय बाल्मीकि जोशीका अनुसार बेलुदेवी खड्का, लुरी खुड्का र दुदा रावत अचेत अवस्थामा छन् भने एकिन्द खड्का सामान्य घाइते भएका छन् ।

घाइतेलाई गडराय स्वास्थ्य चौकी लिँदै गरेको स्थानीय फिट्टु खड्काले बताए । यता खप्तडछान्ना गाउँपालिका अस्थायी प्रहरी पोष्ट पाटादेवलबाट प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको प्रहरी नायव उपरीक्षक भरत शाहले जानकारी दिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार