शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना
Breaking News

तारा एयरको विमान मुस्ताङको लेतेमा दुर्घटना

काठमाडौं । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको विमान दुर्घटना भएको छ ।

आइतबार बिहान ९ः५५ बजे उडेको तारा एयरको कल साइनको ट्विनअटर जहाज मुस्ताङको लेतेमा ठोक्किएको बताइएको छ । १३ नेपाली, ४ जना भारतीय र अन्य २ विदेशी नागरिक सवार विमानमा चालक दलका सदस्यसहित २२ जना सवार विमान लेतेमा ठोक्किएको हो ।

अहिलेसम्म सम्पर्कविहीन जहाजको खोजीकार्य सुरु गरिएको पोखरा विमानस्थलले जनाएको छ । विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को–पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापासहित २२ जना सवार थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार