शनिबार, बैशाख २२, २०८१

हाम्रो बारेमा

हामी के हौं ?

मानव जातिको विकासको इतिहासको मुख्य कडी नै सूचना आदानप्रदान गर्नु हो । मानव जातिलाई फरक र उत्कृष्ट बनाउने प्रमुख माध्यम नै सूचनाको सम्प्रेषण गर्नु हो । एक्काइसौं शताब्दीको यस डिजिटलमय र प्रविधियुक्त समयमा यस विविधतामय समाजका हरेक व्यक्तिसम्म सूचना पुग्नु अत्यन्त जरुरी भैसकेको छ । यसकारण विविधतायुक्त मानव समाजका सम्पूर्ण अवयवहरूलाई समाजका प्रत्येक तह र तप्कासम्म सत्य, स्पष्ट र पक्षधरता रहित सूचनाको सम्प्रेषण प्रत्येक व्यक्तिसम्म गर्नका लागि यस ‘तेस्रोध्रुव’ नामक डिजिटल अनलाइन पत्रिका सञ्चालन गर्न गइरहेका छौं । यस तेस्रो ध्रुवको मुख्य ध्येय समाजमा पछाडि पारिएका व्यक्ति, समूह, समुदाय, जातजाति, पेशा, लिंगलगायतको पक्षपोषण गर्नु रहेको छ ।

विश्व मानव अधिकारका मान्यताहरुलाई आत्मसात गर्दै पत्रकारिताको पेशागत धर्म, मर्यादा मूल्य मान्यतालाई अनुशरण गरेर विश्वका सम्पूर्ण मानव जाति समक्ष सूचनाको सवलिकरण गर्नु यस अनलाइन पत्रिकाको मुख्य लक्ष्य र उद्देश्य हुनेछ । नेपालको संविधान र प्रचलित कानुनको अधीनमा रही नेपाल प्रेस काउन्सिलले अवलम्बन गरेका पेशागत नीति तथा नियमभित्र रहेर नेपाली जनताको सूचनाको अधिकारलाई अक्षुण्ण राख्नु यस पत्रिकाको मुल मर्म रहने छ । यस पत्रिकाको मुख्य चरित्र भनेको भुई मान्छेहरूको आवाजलाई राज्य सत्ताको अगाडि राखेर सम्पूर्ण राज्य संयन्त्रलाई समाजमा पछाडि परेका सबै मानवहरूप्रति जिम्मेवार बनाउनु र उत्तरदायित्व वहन गर्न वाध्य पार्नु हुनेछ ।

हामी को हौं ?

भूमिराज पिठातोली थर्ड पोल मिडिया एण्ड एड्भरटाइजिङ्ग प्रालिद्वारा सञ्चालित (तेस्रो ध्रुव डटकम) का सञ्चालक अध्यक्ष हुन् । तेस्रो ध्रुव भूमिराज पिठातोलीको नेतृत्वमा २०७८ फागुनदेखि सुरु भएको हो । पिठातोली सञ्चालक अध्यक्ष  १ फागुन , २०७८ देखि रहेका छन् ।

हामी के चाहन्छौं ?

तपाईं विश्वको जुनसुकै ठाउँबाट सिधै www.teshrodhurba.com लगइन गरेर वा  Twitter, Facebook, YouTube लगायतका सामाजिक सञ्जालबाट समेत हामीसँग जोडिन सक्नुहुन्छ ।

डा. कुम्भ जोशी

डा. कुम्भ जोशी

प्रधान सम्पादक

रमानन्द जोशी

रमानन्द जोशी

निर्देशक

डा. विष्णु जोशी

डा. विष्णु जोशी

कार्यकारी निर्देशक

रेखा कलौनी

रेखा कलौनी

वरिष्ठ संवाददाता