शनिबार, जेष्ठ ५, २०८१
Breaking News

विभेदै-विभेद !

विभेद,
कुल, वर्ण, जातपातको
धनी, गरिब र औकातको
कामीको र धामीको
गाउँले, सहरियाको
मधेसे, पहरीयाको
कोही पूर्वेली त कोही पश्चिमेली
झापाली त कोही बझाङ्गी चेली!

काहीँ कालाको, काहीँ गोराको
काहीँ छोरीको, काहीँ छोराको
समाजमा जताततै विभेद छ,
के हामीलाई साँच्चै खेद छ?

हो! विभेद विद्यमान छ,
खै के समाधान छ?
काहीँ ममकार छ, काहीँ अहङ्कार छ
कसैको काठमाडौँमा घर कसैको कार छ
कसैका आफ्नै पुलिस कसैको आफ्नै सरकार छ

कोही देशी त कोही परदेशी
कोही जापान कोरिया
कसैको छोरो मलेसिया
कोही भन्छ भारत जाके तुने क्या किया?
मेरो त छोरो क्यानडा, ज्वाइँ अस्ट्रेलिया!
तेरो प्यान कार्ड र आधार,
मेरो ग्रीनकार्ड र पीआर!

छर्लङ्गै छ हेर भेदभाव!
सभ्यताकोको खै त प्रभाव?
हो! विभेद विद्यमान छ,
न देख्ने आँखा छ, न सुन्ने कान छ

मनको कुनामा,
अझै जातीय विभेद छ,
के हामीलाई चेत छ?

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार