शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • मुसाका चल्ला दरबार किन जान्छन् ?
Breaking News

मुसाका चल्ला दरबार किन जान्छन् ?

मुसाका चल्ला दरबार किन जान्छन् ?
भनिन्थ्यो: जसको तरबार, उसैको दरबार !
अनि भन्न थाले: कस्ता कस्ता कहाँ गए, मुसाका चल्ला दरबार!
आज प्रश्न यो छ कि, “मुसाका चल्ला किन दरबार जान्छन्?”

के ती आफैलाई छोटे राजा ठान्छन्?
या, दरबारको भकारीबाट फालिएका
केही दाना धानलाई प्रसाद भनी खान्छन् ?
या, पुरातन चेत भएका ती रैतीहरू
सहर्ष आफैँलाई अझै दास मान्छन् ?
नत्र,
लोकतन्त्रमा सचेत युवा राष्ट्रप्रमुख जन्म हैन
एक व्यक्तिको क्षमताको आधारमा पो छान्छन्
अझै मुसाका चल्ला फर्की दरबार किन जान्छन् ?

बिष्णु जोशी
खप्तड छान्ना-५ पिठातोला, बझाङ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार