शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • राजा त हेरिस्यो तासको पत्तामा राम्रो !
Breaking News

राजा त हेरिस्यो तासको पत्तामा राम्रो !

राजा त हेरिस्यो तासको पत्तामा राम्रो
क्षमतावान् जनप्रेमी नेता सत्तामा राम्रो ।

धेरै बदल्यौँ व्यवस्था अब अवस्था बदलौँ
इतिहास सम्झेर टाँसेको भित्तामा राम्रो ।

लोकतन्त्रमा जहानियाँ शासन खोज्नेहरू
तानासाहका अन्धभक्तको जत्थामा राम्रो ।

उग्र दक्षिण र वामपन्थीहरूको बहिस्कार गरौँ
त्यो सङ्कीर्ण सोच काबुल-कलकत्तामा राम्रो ।

लोकतन्त्रमा भ्रष्ट र असक्षमको आयु पाँच वर्ष
दक्ष युवा नेतृत्वको चयन त गुणवत्तामा राम्रो ।
विष्णु जोशी
खप्तडछान्ना-५ पिठातोला, बझाङ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार