शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • पाल्पामा जीप दुर्घटना : ८ जनाको मृत्यु
समाचार

पाल्पामा जीप दुर्घटना : ८ जनाको मृत्यु

पाल्पा । पाल्पामा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । पाल्पाको तिनाउ गाउँपालिका–६, चिदीमा लु १ ज २३७१ नम्बरको जीप पौने ५ बजेतिर दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार डुम्रेबाट चिदिसातर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको छ । जीपमा १५ जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयले घाइतेहरुको उद्धार गरिरहेका छन् । उद्धार गरिएकाहरुलाई लुम्बिनी मेडिकल कलेज पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार