शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • ‘देउडा गाउँ मिठो, अंग्रेजी सिकाैं छिटो’
समाचार

‘देउडा गाउँ मिठो, अंग्रेजी सिकाैं छिटो’

बझाङ : देउडालाई अंग्रेजी ढालेर लेख्ने शिक्षक तथा लेखक धनराज जोशीको ‘देउडा गाउँ मिठो, अंग्रेजी सिकाैं छिटो’ पुस्तक विमोचन भएको छ । मंगलबार सदरमुकाम चैनपुरमा आयोजित एक कार्यक्रमबीच सहायक जिल्ला अधिकारी शिवराज जोशीले पुस्तको विमोचन गरे ।

देउडालाई अंग्रेजीमा लेखिएको यो जोशीको दोस्रो पुस्तक हो । लामो समयदेखि सुदूरका पहाडी जिल्लामा शिक्षण पेसामा आवद्ध जोशीले रू.१ लाखको लागतमा ‘देउडा गाउँ मिठो, अंग्रेजी सिकाैं छिटो’ अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेका हुन् । बझाङको खप्तडछान्ना गाउँपालिका जन्मिएका जोशी अंग्रेजी भाषाका लागि सुदूरका सम्राट मानिन्छन् ।

उनले देउडा खेलमा गाएका गीतलाई तुरुन्तै अंग्रेजीमा गाउने गरेका छन् । जोशीले आफ्नो, श्रीमतीको र अमेरिका बस्दै आएका छोराको सहयोगमा पुस्तक प्रकाशन गरेका हुन् । जोशी र उनकी श्रीमती हाल बाजुरामा एउटै विद्यालयमा अध्यापन गराउँछन् ।

पुस्तकलाई बझाङ जिल्लाका सरकारी, गैरसरकारी र शिक्षण संस्थामा नि:शुल्क वितरण गर्ने जोशी बताउँछन् । भावी पुस्ताहरूका लागि देउडालाई थप खोजअनुसन्धान गर्न मद्दत पुग्ने र बालबालिकालाई अङ्ग्रेजी सिक्नका लागि समेत उपयोगी हुने लेखक जोशीले बताए ।

नोट : स्व. धनराज जोशीको यो समाचार ५ वर्षअघि द नेपाल टपमा छापिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै