शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • अर्थहीन-दिशाहीन-लक्ष्यहीन कुदाई
Breaking News

अर्थहीन-दिशाहीन-लक्ष्यहीन कुदाई

हिजो गर्थे अर्थ नपाई गोविन्द, गोविन्द गाइ !
स्वास्थ्य शिक्षा गुणस्तरबारे के थियो बुझाई ?

आज फेरि छ अराजकहरूको पछि हाई-हाई
महेश अघि बस्ने या उभिने दुर्गाको पछि जाई ?

स्वार्थ पूर्ति पूजामा बलिको बोको नबन भाइ
कसैलाई दलाली र तस्करी गरी गर्नु छ कमाई

कसैलाई सत्ता टिकाउनु छ, बिचौलिया बचाई
जनताले के पाउँछन् नेता-व्यापारीका पछि धाई ?

केही दक्षिणाको लोभमा माइतीघरको नचाई
छोड यी अर्थहीन, दिशाहीन, लक्ष्यहीन कुदाई !

स्मरण रहोस् गधा धोएर कहिले पनि हुन्न गाई
न तरिन्छ वैतरणी साँढे-गोरुको पुच्छर समाई !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार