शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • पुस्तकालय भवन निर्माणका लागि नेशनल लाइफ ईन्स्योरेन्सद्वारा आर्थिक सहयोग
समाचार

पुस्तकालय भवन निर्माणका लागि नेशनल लाइफ ईन्स्योरेन्सद्वारा आर्थिक सहयोग

बझाङ । जयपृथ्वी नगरपालिका–४ गोलाईमा रहेको बालविकास माविको पुस्तकालय भवन निर्माणका लागि नेशनल लाइफ ईन्स्योरेन्सले आर्थिक सहयोग गरेको छ ।

शुक्रबार विद्यालयमा गरिएको एक कार्यक्रममा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीले विद्यालयलाई ८ लाख ५१ हजार रूपैयाँको चेक हस्तान्तरण गरे । भूकम्पले भत्काएको विद्यालयमा केही हदसम्म भए पनि पुनर्निर्माणमा सहयोग पुग्ने भन्दै कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सो रकम हस्तान्तरण गरिएको उनले बताए ।

बझाङको जयपृथ्वी नगरपालिका–१० चैनपुर जन्मथलो भएका खत्री आफै विद्यालयमा पुगेर रकम हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भूकम्पले क्षतिग्रस्त बनाएको आफ्नो गाउँ ठाउँमा संस्थागत रुपमा केही मात्रामा भए पनि सहयोग गर्न पाउँदा खुसी भएको बताए ।

विद्यालयलाई प्रदान गरिएको आर्थिक सहयोगबाट एक कोठे पुस्तकालय निर्माण गरिने विधालयका प्रधानाध्यापक केशबहादुर खातीले बताए । गएको असोज १६ गते आएको भूकम्पले बालविकास माविको भवन भत्किएर बस्न नमिल्ने अवस्थामा भएपछि पठनपाठनमा समस्या भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार