शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • किलोमा तस्करी, तोलाको हिसाव-किताव
Breaking News

किलोमा तस्करी, तोलाको हिसाव-किताव

चन्द्र-सूर्य झण्डा फहराऊ
फाल साला झोलाहरु

यहि पुस्तामा देश बनाऔं
फाल साला झोलाहरु

सुन तस्करी छ किलोमा
के गन्नु ती तोलाहरु

यहि पुस्तामा देश बनाऔं
फाल साला झोलाहरु

उजाड भए उर्वर बारी
बिदेश उड़े भोलाहरु

अब त अत्ति भो तोड
अरिंगालका गोलाहरु

यहि पुस्तामा देश बनाऔँ
फाल साला झोलाहरु

खेर जान नदेऊ यूवाका
रगत-पसिनाका खोलाहरु

यहि पुस्तामा देश बनाऔं
फाल साला झोलाहरु !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार