शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • अमेरिकामा कोरोना : संक्रमण र मृत्युदरमा ४० प्रतिशत वृद्धि
Breaking News

अमेरिकामा कोरोना : संक्रमण र मृत्युदरमा ४० प्रतिशत वृद्धि

अमेरिकामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणदर ४० प्रतिशतले वृद्धि भएको छ । न्यूयोर्क टाइम्सले बिहीबार सार्वजनिक तथ्यांकअनुसार अमेरिकामा हालसम्म कूल आठ लाख एक हजार ३७ जनाको निधन भएको छ भने दैनिक औसतमा ३४ प्रतिशतले मृत्युदर वृद्धि भएको छ ।

बुधबारसम्म कूल पाँच करोड तीन लाख ४६ हजार ९८७ व्यक्ति कोभिड संक्रमित भइसकेका छन् । कूल ६८ हजार ७९ जना मानिसहरु अस्पताल भर्ना भएका छन् भने अस्पताल भर्ना हुने दरमा २१ प्रतिशत वृद्धि भएको छ ।

यसैगरी सीडीसीका अनुसार कुल जनसंख्यामा पूर्ण खोप लगाउनेको संख्या ६१.१ प्रतिशत भएको छ भने एक मात्रा खोप मात्र लगाउनेको संख्या ७२.३ प्रतिशत पुगेको छ । अमेरिकामा वयस्कहरूले अर्थात् १८ वर्षभन्दा माथिकाले कम्तीमा पनि एक खुराक खोप ८४. ६ प्रतिशत र दुवै खोप अर्थात् पूर्ण खोप ७२.२ प्रतिशतले लगाई सकेका छन् । यसैगरी १२ वर्ष माथिका उमेरकाले ७०.५ प्रतिशत र ५ वर्षभन्दा माथिका उमेरकाले ६५ प्रतिशत पूर्ण खोप लगाई सकेका छन् ।

त्यस्तै ६५ वर्षभन्दा माथिका उमेरकालाई कम्तीमा एक खुराक खोप ९५ प्रतिशत र पूर्ण खोप ८७.३ प्रतिशत दिइएको सीडीसीले जनाएको छ । अमेरिकामा हाल सम्म २० करोड २८ लाख ४५ हजारलाई पूर्ण खोप दिइसकिएको छ । हाल सम्म तेस्रो खोप लिनेको संख्या ५ करोड ६० लाख नाघेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार