शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एफएनसीसीआईको अध्यक्षमा प्रत्यक्ष चुनाव गराउने प्रस्ताव तयार
Breaking News

एफएनसीसीआईको अध्यक्षमा प्रत्यक्ष चुनाव गराउने प्रस्ताव तयार

काठमाडौं, २ पुस । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा अध्यक्षका लागि प्रत्यक्ष चुनाव गराउने प्रस्ताव विधान संशोधन समितिले तयार पारेको छ । महासंघको नयाँ कार्यसमितिको पहिलो बैठकले निर्णय गरेर विधान संशोधनका लागि महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको संयोजकत्वमा समिति गठन गरेको थियो ।

समितिले महासंघ अध्यक्ष शेखर गोल्छालाई मस्यौदा हस्तान्तरण गरेको छ । समितिले बुझाएको मस्यौदामा महासंघकाे अध्यक्षमा प्रत्यक्ष मतदान गरी वरिष्ठ उपाध्यक्ष पद हटाउने प्रस्ताव समावेश गरिएको छ । यस्तै समितिले महासंघ अध्यक्षको कार्यकालसमेत तीन वर्षबाट घटाएर दुई वर्षमा झार्नुपर्ने सुझाव दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार