शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित
Breaking News

चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित

काठमाडौं । चिसोका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । तराईका जिल्लामा अधिकतम तापक्रम लगातार घटेको छ भने लगातारजसो बाक्लो हुस्सु कुहिरो लाग्ने गरेको छ । मौसमविद्ले मध्य तराईका जिल्लामा शीतलहर नै सुरु भएको औपचारिक घोषणा गरेका छन् ।

नेपालगञ्जदेखि पूर्व जनकपुरसम्मको क्षेत्रमा शीतलहर चलेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । उनका अनुसार अन्य क्षेत्रमा भने शीतलहरको औपचारिक घोषणा गरिएको छैन । दिनमा पाँच पटकसम्म मापन गरेको मौसमका आधारमा शीतलहरको चले नचलेको घोषणा गर्ने गरिएको छ। दुई घण्टाभन्दा बढी घाम नलागे, बिहान बेलुका आकाशबाट शीत चुहिए, अधिकतम तापक्रम औसतभन्दा ५ डिग्री सेल्सियसले घटे र न्यूनतम तथा अधिकतम तापक्रमबीचको अन्तर धेरैले घटेपछि शीतलहरको घोषणा गर्ने गरिएको मौसमविद् समिर श्रेष्ठले बताए।

मध्य तराईमा न्यूनतम र अधिकतम तापक्रमबीचको अन्तर एक दशमलव ९ डिग्री सेल्सियससम्ममा झरेको छ । अहिले तराईका जिल्लासहित देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका ठाउँमा अहिले लागेको हुस्सु केही घण्टापछि हट्दै जाने र घाम लाग्ने मौसमविद् श्रेष्ठले बताए। तर, तराईका जिल्लामा भने दिउँसोसम्म नै हस्सु कुहिरो लाग्ने अनुमान छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार