शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला ,
Breaking News

पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला ,

कोरोना भाइरसको तेस्रो लहरका कारण माघ पहिलो हप्तादेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आजदेखि भक्तजनका लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौको यही माघ २३ गतेको आदेशअनुसार मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्च,लगायतकास्थलमा जनस्वास्थ्य मापदण्डपालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख भए अनुसार आज बिहानदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको हो ।
पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिको तयारी गरेसँगै पशुपतिनाथ मन्दिर खुला गरेको हो । विश्व स्वास्थ्य सङ्गठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डपालना गरेर आजदेखि पशुपतिनाथ मन्दिर खुला गरिएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए ।
कोरोना सङ्क्रमणको तेस्रो लहर बढ्न थालेपछि गएको माघ ५ गतेदेखि पशुपतिनाथ मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । मन्दिर बन्द भएपछि माघ ५ गतेदेखि बिहीवारसम्म नित्य पूजामात्र हुँदै आएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । मन्दिर आजदेखि खुले पनि विशेष पूजा भने शनिवारदेखि सुरु गरिने अधिकारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार