शनिबार, बैशाख २२, २०८१
स्वास्थ्य-जीवनशैली

जण्डिसबाट कसरी बच्ने ?

बझाङ । अहिले जिल्ला अस्पताल बझाङमा दिनहुँ झैं जण्डिसका बच्चाहरु बढ्ने क्रममा छ, अन्तिम २–३ महिनामा कम्तिमा पनि ३०–४० बच्चाहरु जिल्ला अस्पतालमा आइसकेका छन् । यी बच्चाहरु अस्पताल आइसकेपछि कलेजोको जाँच गर्दा शरीरमा जण्डिसको मात्रा बढ्नका साथै कलेजोले निकाल्ने इन्जाइमहरु एकदमै अधिक मात्रामा बढेको देखिन्छ । यस्तो अवस्था बच्चाहरूमा प्राय हेपाटाइटिस ए र पारासिटामोल पोइसोनिङ (सिटामोलको अत्यधिक सेवन) भएमा देखिन्छ तर कहिलेकाँही आयुर्वेदिक औषधि जसमा अत्यधिक मात्रामा स्टेरिया रहेको हुन्छ उक्त औषधि प्रयोग गर्दा पनि देखिन सक्छ । कहिलेकाँही माथि उल्लेखित कारणहरू नदेखिन पनि सक्छन् जसलाई हेपाटाइटिस अफ अननोन ओरिजिन भनिन्छ अथवा थाहा नभएको कारणले भएको कलेजोको समस्या ।

यसबाट बच्ने उपायहरुः–
१) बालबालिकालाई सफा तथा उमालेको पानी दिने जसले हेपाटाइटिस ए र हेपाटाइटिस ईबाट बच्न सकिन्छ ।
२) जथाभावी आयुर्वेदिक औषधि सेवन नगर्न ।
३) बच्चाहरूलाई जथाभावी सिटामोल नखुवाउने ।
४) आँखा तथा छाला पहेँलो भएमा तुरून्त अस्पताल ल्याउने
उपचार
सामान्यतया यो रोग सामान्य उपचारबाट निको हुन्छ । तर, बच्चाले अत्यधिक मात्रामा सिटामोल खाएर यस्तो समस्या भएको हो भने यसले पछि गएर कलेजो बिगारिरहेको हुन्छ र धेरै भएको अवस्थामा कलेजो फेर्नुपर्ने अथवा समयमै उपचार नभए बिरामीको ज्यान जान सक्ने हुन सक्छ । तसर्थ यदि बालबालिकाहरूले माथि उल्लेखित समस्या भएमा तुरुन्त अस्पताल गई चिकित्सकको परामर्शअनुसार कलेजोको जाँच गराउनुपर्छ ।

नोट :– यसमा नवजात शिशुलाई हुने जण्डिसको कुरा गरिएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै