शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • आज विश्व क्षयरोग दिवस मनाइँदै
Breaking News

आज विश्व क्षयरोग दिवस मनाइँदै

काठमाडौं । आज विश्व क्षयरोग दिवस । ‘हामी सबै मिलेर क्षयरोग अन्त्य गर्न सम्भव छ’ भन्ने नाराका साथ चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । तर, हरेक वर्ष दिवस मनाइरहे पनि क्षयरोग रोकथामका भने चुनौती थपिँदो छ । नेपालमा हरेक वर्ष क्षयरोगका ६९ हजार नयाँ बिरामी थपिने गरेका राष्ट्रिय क्षयरोग केन्द्रको तथ्याङ्क छ ।

नयाँ–पुराना गरी अहिले एक लाख १७ हजारभन्दा धेरै क्षयरोगका सक्रिय बिरामी रहेका अनुमान छ ।यस्तै, क्षयरोगका कारण झण्डै १७ हजार जनाको ज्यान जाने गरेको तथ्याङ्क छ । क्षयरोग लागेको पहिचान भएपछि डाक्टरको सिफारिसमा ६ महिनासम्म औषधि खानुपर्छ । दैनिक ६ महिनासम्म औषधि खाँदा क्षयरोग पूर्ण रुपमा निको हुन्छ । तर, बिरामीले औषधि खान लापरबाही गरे रोग निको हुँदैन । जटिलता बढ्दै जान्छ । बिरामीको ज्यान समेत जाने जोखिम हुने डाक्टरले बताएका छन् । सरकारले क्षयरोगको औषधि उपचार निःशुल्क दिँदै आएको छ । तर, चेतनाको अभावका कारण अझै पनि रोग लुकाउने गरेकाले नियन्त्रणमा चुनौती थपिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै