शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • लम्पी स्किनको उपचारका लागि शिखर नगरपालिकालाई औषधी सहयोग
समाचार

लम्पी स्किनको उपचारका लागि शिखर नगरपालिकालाई औषधी सहयोग

डोटी । पशु चौपायामा महामारीको रूपमा फैलिएको लम्पी स्किनको नियन्त्रणका लागि सामुदायिक विकास मञ्च (सीडीएफ) नेपालले शिखर नगरपालिकालाई औषधी सहयोग गरेको छ ।

पशुचौपायामा देखा परेको ‘लम्पी स्किन’ नामक भाइरसजन्य सरूवा रोगको रोकथाम तथा नियन्त्रण लागि पशुको उपचारमा प्रयोगमा आउने विभिन्न पशुजन्य एक लाख बराबरको औषधी शिखर नगरपालिकालाई हस्तान्तरण गरेको हो । गुड नेवर्स इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा सामुदायिक विकास मञ्च (सीडीएफ) नेपाल डोटीमार्फत् सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाले आफ्नो कार्यक्षेत्र भित्र रहेको डोटी जिल्लाको शिखर नगरपालिकालाई हस्तान्तरण गरेको कृषि प्राविधिक निरज बोगटीले जानकारी दिए ।

अहिलेलाई पालिकाभित्र बढी प्रकोप देखा परेको वडाहरूमा औषधी विवरण गर्ने शिखर नगरपालिकाका नगरप्रमुख दीर्घबहादुर बलायरले बताए । उनले थोरै भए पनि नगरपालिकाभित्रका पशु कृषकलाई राहत पुग्ने बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै