शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • स्वास्थ्य नीति बनाउनुअघि अनुसन्धानको पक्षलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरुकाे जोड
समाचार

स्वास्थ्य नीति बनाउनुअघि अनुसन्धानको पक्षलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरुकाे जोड

काठमाडौं । स्वास्थ्य नीति बनाउनुअघि अनुसन्धानको पक्षलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । सोमबार काभ्रेको धुलिखेलमा सुरु भएको ‘पत्रकारका लागि चिकित्सकीय अनुसन्धान’ सम्बन्धी दुईदिने कार्यशाला गोष्ठीमा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी सदस्य सचिव डा। प्रदीप ज्ञवालीले राज्यले राज्यले स्वास्थ्य नीति बनाउनुपूर्व अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने बताए । अनुसन्धानको आधारमा स्वास्थ्य नीति बनाउँदा थप प्रभावकारी बन्ने उनको भनाइ छ ।
गोष्ठीमा जनस्वास्थ्यविद् अध्यक्ष प्रा। डा। खेम कार्कीले चिकित्सकीय अनुसन्धानबारे प्रस्तुतीकरण दिए । कुनै पनि औषधि वा खोपको अन्तर्राष्ट्रिय अध्ययनको निष्कर्षलाई समाचार बनाउनुअघि कुन चरणको ट्रायल हो भन्ने कुरा बुझ्न जरुरी रहेको उनले बताए । परिषद्का इथिकल रिभ्यु बोर्डका अध्यक्ष डा। रमेशकान्त अधिकारीले कुनै पनि अध्ययन अनुसन्धान गर्दा त्यसको नैतिकतालाई भुल्न नहुनेमा जोड दिए । यसैगरी डा। नमिता घिमिरेले विगतको तुलनामा परिषदले प्रभावकारी कार्य गर्दै आएको दाबी गरिन् । ‘विगतमा परिषदले अध्ययन अनुसन्धानसम्बन्धी मापदण्ड नबन्दा आफ्नै खालको अनुसन्धान गर्ने र विचार प्रस्तुत गर्ने प्रवृत्ति थियो,’ उनले भनिन्, ‘मापदण्ड बनेपछि त्यसैअनुरुप काम हुँदै आएको छ ।’

स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकार मञ्चको सहकार्यमा आयोजना भएको कार्यशाला गोष्ठीमा विभिन्न सञ्चारमाध्यमका स्वास्थ्य पत्रकारहरुको सहभागिता छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै