सोमवार, फाल्गुन १९, २०८१
  • होमपेज
  • यी हुन् तारा एयरको विमानका २२ यात्रु
गण्डकी प्रदेश

यी हुन् तारा एयरको विमानका २२ यात्रु

काठमाडौं । पोखराबाट जोमसोस उडेको तारा एयरको विमान मुस्ताङको लेतेमा पुगेपछि सम्पर्कबिहिन भएको छ ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्कबिहिन भएको बताइएको छ । खोजीका लागि सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको बताइएको छ । विमानमा १९ यात्रु र ३ जना चालक दलका सदस्य सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए ।

यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार