शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग
सेलिब्रेटी

सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का गर्न माग

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले बलात्कार आरोपी सन्दीप लामिछानेको जग्गा र बैंक खाता रोक्का राख्न अदालतसमक्ष प्रस्ताव गरेको छ । क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको नाममा रहेको चितवनको कल्याणपुर–७ जग्गा रोक्का गर्न सरकारी वकिलले अभियोग पत्रमा माग गरेको हो ।

साथै, लामिछानेको नाममा रहेको एनआईसी एसिया बैंकको खाता नम्बर ०५४५७ …. को नगद ६५ हजार २९८ रुपैयाँ पनि रोक्का राख्न सरकारी वकिलको प्रस्ताव छ । संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनियता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि सरकारी वकिलले माग छ ।

सरकारी वकिलले मुलुकी अपराध संहिताको दफा २१९ को उपदफा (३) बमोजिम लामिछानेलाई १० देखि १२ वर्षसम्म जेलसजाय गर्न पनि माग दाबी प्रस्तुत गरेको छ । दफा २१९ को उपदफा (३ घ) मा पीडित १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरको महिला भए १० देखि १२ वर्षसम्म जेल सजाय हुनसक्ने व्यवस्था छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार