शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • भोलि हुने ग्रामी अवार्डमा विश्वको आँखा बियोन्सेतर्फ
बलिउड/हलिउड

भोलि हुने ग्रामी अवार्डमा विश्वको आँखा बियोन्सेतर्फ

काठमाडौं । पपस्टार बियोन्सेले अन्य महिला कलाकारभन्दा धेरै ग्रामी जितेकी छन् । तर विश्व संगीतको सर्वोच्च अवार्डको शीर्ष पुरस्कार मानिने वर्षकै प्रतिष्ठित एल्बमको ट्रफी अहिलेसम्म जितेकी छैनन् । भोलि सोमबार बिहान हुन लागेको यस वर्षको ग्रामीमा बियोन्सेले यो रेकर्ड राख्न सक्ने देखिन्छ ।

यो विधाको लागि पुएर्तोरिकन र्‍यापर ब्याड बन्नी, पपस्टार ह्यारी स्टाइल्स, गायक फ्लुटिस्ट लिजो स्वीस हिटमेकर डिस्को पनि दौडमा छन् । नेपाली समयानुसार सोमबार बिहान पौने ६ बजे ग्रामी अवार्ड आयोजना हुँदैछ । बियोन्से उनको नृत्य एल्बम ‘रेनेसान्स’को तर्फबाट वर्षको उत्कृष्ट एल्बमसहित नौवटा विधामा मनोनित भएकी छन् । उनले आफ्नो करिअरमा २८ ग्रामी जितेकी छन् ।

सन् २०१६ मा बियोन्सेको एल्बम ‘लेमनेड’ त्यतिबेला बेलायती गायिका एडेलको एल्बम ‘ट्वान्टी फाइभ’सँग पराजित भएको थियो । ‘बियोन्से सबैभन्दा बढी ग्रामी जित्ने गायिका बन्न लागेकी छन् । कुनै पनि तरिका छैन, जहाँ उनले कीर्तिमान तोड्न सकियोस्,’ भेराइटी म्यागजिनका उपसंगीत सम्पादक जेम अस्वादले भने, ‘तर अहिलेसम्म उनले शीर्ष अवार्ड जितेकी छैनन् र यो आफैंमा गलत पनि हो ।’

तर एडेलले भने उक्त विधाको ट्रफी दुईपटक जितेकी छन् । यसबाहेक बियोन्सेको गीत ‘ब्रेक माइ सोल’ रेकर्ड र सङ अफ द इयर विधामा पनि मनोनयन भएको छ । ग्रामीमा ११ हजार मतदाता छन् र अश्वेत जातिलाई सहयोग नगरेको आरोप उनीहरुमाथि लागेको छ । पछिल्ला वर्षमा ग्रामीले आफ्ना सदस्यलाई समावेशी बनाउन प्रयत्न गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार