शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • नन्दकृष्णको ‘बम्बै झाने रेल’ पछि श्रृंखलाको ‘सिड्नी झाने रेल’ सार्वजनिक
सेलिब्रेटी

नन्दकृष्णको ‘बम्बै झाने रेल’ पछि श्रृंखलाको ‘सिड्नी झाने रेल’ सार्वजनिक

महेन्द्रनगर । सुदूरपश्चिमका चर्चित गायक नन्दकृष्ण जोशीले कुनै समय सुदूरपश्चिमका नागरिकहरु रोजगारीका लागि भारतको बम्बै लगायतका शहर जाँदा खाली हुने यहाँका गाउँ बस्तीको पीडा र यर्थातलाई देउडा भाकामा पस्किएको दशकौंपछि उनकी सुपुत्री श्रृंखला जोशीको ‘सिड्नी झाने रेल’ ले यतिबेला बजारमा आएको छ ।

अष्ट्रेलियाको सिड्नीमा रहेकी श्रृंखलाले सिड्नीमा पनि सुदूरपश्चिमको उपस्थिति बाक्लो देख्नुका साथै बुवा नन्दकृष्णको ‘बम्बै झाने रेल’ लाई रिमेक गरेर दुई साताअघि ‘सिड्नी झाने रेल’ म्युजिक भिडियो बजारमा ल्याएकी हुन् ।

‘सुदूरका नागरिक कर्मथलो बनाउने बम्बै अनि बुवाले गाउनुभएको बम्बै झाने रेललाई सिड्नी झाने रेलसम्म पुर्‍याए ।’ उनले भनिन्, ‘सिड्नीमा पनि सुदूरको झ–झल्को आउने गरी पश्चिमेली देखेपछि सिड्नीको रेल ल्याउन तल्लीन भए ।’

नयाँ शैली र शब्द संयोजन गरेर ल्याएको आफ्ने गीतले देउडालाई थप परिचित गराएको उनको भनाई छ । ‘गीत/संगीत रमाइलो संगै संस्कृति जर्गेनाको महत्वपूर्ण पक्ष पनि हो ।’ उनले भनिन्, ‘आफू जहाँ भए पनि आफ्नो संस्कृति जोगाइ राख्नुपर्छ भन्ने हो ।’

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार