शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न सकेने : अध्यक्ष केसी
सेलिब्रेटी

सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न सकेने : अध्यक्ष केसी

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले सरकारले नेपाली चलचित्र ऐन पास गर्न नसक्दा चलचित्र क्षेत्रले विकासमा फड्को मार्न नसकेको बताएका छन् । बिहीवार काठमाडौंमा चलचित्र प्राविधिक सङ्घको आयोजनामा भएको ११ औँ नेफ्टा अवार्ड उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष केसीले चलचित्र विकास बोर्ड नेपाली चलचित्र अन्तर्राष्ट्रियस्तरमा चलोस्, कला–संस्कृति विश्वमा फैलियोस्, भाषा र चलचित्रको माध्यमबाट नेपाली पर्यटन क्षेत्रमा पनि टेवा पुगोस् भन्ने हेतुले लागिपरेको जिकिर गरे। उनले चलचित्र क्षेत्रको विकास गर्न भनेर नै आफू रिटायर्ड हुने बेलामा जागिर खान चलचित्र विकास बोर्ड आएको बताए ।

उनेले भने, ‘नेपाली चलचित्र अहिलेसम्म विकास नहुनुको खास कारण भनेको २०२६ सालमा बनेको चलचित्र ऐन अहिलेसम्म चलिरहनु हो । त्यसको संशोधन हुन नसक्नु हो । अब पनि यो ऐन पास भएन भने चलचित्र विकासले फड्को मार्न सक्दैन । चलचित्र विकास र प्रवर्धनका मरिमेटेका छौँ । चलचित्र क्षेत्रकै विकासका लागि रिटायर्ड हुने बेलामा जागिर खान आएको छु ।’

अध्यक्ष केसीले चलचित्र प्राविधिक सङ्घले नेपाली चलचित्रको विकास र प्रवर्धनका लागि नेफ्टा अवार्ड अमेरिकामा गर्न लागेको भन्दै त्यहाँ गएर कार्यक्रम गर्नु नै फलामको चिउरा चपाए सरह रहेको टिप्पणी गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार