शनिबार, साउन १२, २०८१
  • होमपेज
  • डा. तोसिमाको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश [आदेशसहित]
Breaking News

डा. तोसिमाको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश [आदेशसहित]

काठमाडौँ । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा डा। तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्की उम्मेदवारी खारेज गरेको थियो ।

त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगले अन्तरिम आदेश दिएको हो । कार्कीको नेपाल स्वतन्त्र पार्टीबाट ललितपुर ३ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी थिइन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार