बुधबार, माघ २३, २०८१
  • होमपेज
  • नेपालका थप जलविद्युत् आयोजनाको बिजुली केही दिनभित्रै भारतमा बिक्री हुने
Breaking News

नेपालका थप जलविद्युत् आयोजनाको बिजुली केही दिनभित्रै भारतमा बिक्री हुने

 

नेपालका थप जलविद्युत् आयोजनाको बिजुली केही दिनभित्रै भारतमा बिक्री हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जारी भएको ऊर्जा सहकार्यसम्बन्धी ६ बुँदे संयुक्त घोषणाअनुसार नेपालका थप जल विद्युत् आयोजनाले आफ्नो उत्पादन भारत निर्यातको अनुमति पाउने भएका हुन् ।
भारतले नेपालका आयोजनाहरुलाई आफ्नो प्रतिस्पर्धी बजारमा विद्युत् बेच्न अनुमति दिन ढिलाइ गरेपछि नेपालले पटक–पटक ध्यानाकर्षण गराएको थियो । प्रधानमन्त्री देउवाको भारत भ्रमणमा पनि यो एजेन्डाले महत्व पाएपछि भारतले थप आयोजनाको बिजुली आफ्नो प्रतिस्पर्धी बजारमा बेच्न अनुमति दिने हमति जनाएको हो ।

नेपाल विद्युत प्राधिकरणले थप ८०० मेगावाटभन्दा बढी क्षमताको आयोजनाहरुबाट उत्पादन हुने बिजुली बेच्न भारतसँग प्रस्ताव गरेको छ । नदीमा पानी बढ्ने र पूर्ण क्षमतामा आयोजनाहरु चल्ने भएकाले वर्षाको मौसममा भारतमा बिजुली बेच्न सम्भव हुन्छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार