मङ्लबार, कार्तिक २७, २०८१
  • होमपेज
  • श्रीलङ्कामा नयाँ चार जना मन्त्री नियुक्त
Breaking News

श्रीलङ्कामा नयाँ चार जना मन्त्री नियुक्त

 

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपक्षले आज सोमवार चार मन्त्रीलाई नियुक्त गरेका छन् । चार मन्त्रीले आज नै पद तथा गोपनियताको शपथ लिएका छन् ।
देशमा गम्भीर आर्थिक र राजनीतिक सङ्कटको बीचमा पुरानो मन्त्रीमण्डलका सबै मन्त्रीले राजीनामा दिएपछि आएको स्थितिलाई सम्हाल्दै राष्ट्रपति राजपक्षले नयाँ मन्त्रीमण्डलको घोषणा गरेका हुन
राष्ट्रपति कार्यालयका अधिकारीहरूका अनुसार पूर्व न्याय मन्त्री अली सबारीले अर्थमन्त्रीको रूपमा शपथ लिएका छन् भने जी. एल. पेइरिस विदेश मन्त्री, दिनेश गुनवर्देना शिक्षा मन्त्री र जोन्सटन फर्नान्डोले राजमार्ग मन्त्रीको रूपमा शपथ लिएका छन् । अधिकारीहरूले यदि विपक्षी दलहरू एकताबद्ध सरकार गठन गर्न सहमत भएमा उनीहरूलाई पनि मन्त्रीमण्डलमा राखिने बताएका छन् ।श्रीलङ्काको आर्थिक सङ्कट, दैनिक घण्टौँ लामो लोडशेडिङ र इन्धन अभाव तथा अन्य अत्यावश्यक आपूर्तिलाई समाधान गर्न सरकारले तत्काल कदम चाल्न आह्वान गर्दै सार्वजनिक विरोध प्रदर्शन गरेको धेरै दिन भइसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार