हाम्लाई त आफ्नाले ठगे, पराईहरूको के आँट थियो
असिनाले त्यहीँ चुट्यो बढी, जहाँ उम्रँदो फाँट थियो !
अर्जुन दाहालजीले रास्वपाको पछिल्लो अवस्थाबारे बुझ्न एका बिहानै कल गर्नुभयो । अमेरिकामा बसोबास गर्दै आएका पत्रकार, समाजसेवी र राजनैतिक विश्लेषक अर्जुनजीको आवाज सुन्दा महाभारत अघि विषादमा परेर गाण्डीव फालेका धनुर्धारी झैँ प्रतीत भयो ।
अर्जुन उवाच, “हे विष्णु जी !
म स्वतन्त्र पत्रकार सधैँ आफ्नो धर्म निभाएर समाज कल्याणार्थ आफ्नो अस्त्र (कलम) चलाएँ सकेसम्म नयाँ, वैकल्पिक र आशालाग्दा युवाहरूको पक्षमा नै लडेँ, बोलेँ, लेखेँ । पछिल्लो समय केही आशा लाग्ने गरी रास्वपा उदाउँदै थियो तर जनताका पीडा नदेख्ने ध्रितराष्ट्र र सत्ताको मदमा चुर दुर्योधन झैँ शासक र भ्रष्टाचार र कुशासनको कुरुक्षेत्रमा लड्दै गरेको वैकल्पिक राजनीतिको लडाइँमा उदाएका केही आशा लाग्दा युवा योद्धा राजनैतिक प्रतिशोधको चक्रव्यूहमा फस्दै जाँदा समाजका प्रतिष्ठित र प्रभावीहरू समेत नयाँ विरुद्ध खन्निएका छन् । मैले सम्मान गर्ने अभिभावक र गुरुहरूविरुद्ध म एक्लै कसरी लडूँ, के बोलूँ, के लेखूँ ?”
अर्जुनको विषाद र प्रश्न त पार्थ झैँ थिए । तर, म कृष्ण थिइन । म त विदुर झैँ वैकल्पिक राजनीतिको शुभेच्छुक सल्लाहकार मात्र हुँ । नेपालमा लोकतन्त्र मजबुत बनाउँदै विधिको शासन र सुशासन सुदृढीकरणसँगै भ्रष्टाचार, भ्रष्टाचार, निर्मूल गर्न भएका हरेक अभियान र आजका जल्दा बल्दा मुद्दा, गुणस्तरीय शिक्षा, स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउँदै ग्रामीण युवा रोजगारी प्रवर्धनलाई आफ्नो प्रमुख एजेन्डा बनाउने वैकल्पिक राजनीतिका हरेक प्रयासलाई मैले पनि समर्थन र सक्दो सहयोग गर्दै आएको छु ।
रबिन्द्र मिश्रले राजनैतिक बेइमानी गर्नु अघि विवेकशील साझा र बालेनलगायत अटेरी युवाहरूको स्वतन्त्र अभियान हुँदै रास्वपाका केही आशा लाग्दा युवाहरूलाई सल्लाह सुझाव र गुण र दोषको आधारमा समर्थन दिँदै आएको छु। रास्वपाका मित्रहरूलाई पनि दिन मसँग सुझाव र शुभेच्छा मात्र छन् ।
हामीलाई मन परोस् या नपरोस् तर विगत दुई वर्षमा वैकल्पिक राजनीति रास्वपाले अघि बढायो र यसमा रबिको योगदान ठूलो थियो । अब रबिलाई के हुन्छ भन्नेभन्दा बढी उठ्न लागेको वैकल्पिक राजनीति प्रतिको विश्वासमाथि कुठाराघात हुने डर हो । विगत एक दशकमा नेपालको वैकल्पिक राजनीति बारम्बार स्वार्थ, चरम व्यक्तिवाद, अस्थिर चरित्र र बेइमानीको सिकार भएको छ। राजनीति प्रवेश अघिका व्यक्तिगत समस्या र राजनीतिमा आए पछिका अराजक र पदीय मर्यादासँग नसुहाउँदा अभिव्यक्ति दिनेजस्ता कमजोरीका बाबजुद पनि बालेन, हर्क र रबिमाथि यी परिवर्तनका संवाहक बन्लान् भनेर जनताको आशा विश्वास कायम छ ।
- बाबुराम भट्टराईले गरेको नयाँ शक्ति र विवेकशील नेपाली दलजस्ता प्रयासहरू अस्थिरताका सिकार भए भने रबिन्द्र मिश्रको वैकल्पिक राजनीतिको मुकुन्डो उत्रिन धेरै बेर लागेन । त्यसपछि केही तितर बितर भएका वैकल्पिक राजनीतिका समर्थक शुभेच्छुक अगुल्टोले हानेका कुकुर सरह भए ।
किनकि काङ्ग्रेस-एमाले-राप्रपाजस्ता परम्परागत दलहरू नारामा राष्ट्रवाद र सुशासन भने पनि व्यवहारमा अवसरवाद र भ्रष्ट संरचना र असक्षम नेतृत्वकै निरन्तरताले गर्दा परिवर्तनको आशा गर्ने ठाउँ छैन । काङ्ग्रेस-एमाले गठबन्धन सरकारका सय दिन सदा झैँ फितलो नै रहे । जबसम्म हामी दक्षता, क्षमता, चरित्र नहेरी दलगत आस्थाका आधारमा मतदान गर्छौँ सय दिन त के सय वर्षमा पनि जनताले चाहेको शिक्षा, स्वास्थ्य सेवामा सुधार, रोजगारी सिर्जना र अर्थतन्त्रमा उल्लेख्य परिवर्तन आउँदैन ।
बाबुराम भट्टराईले गरेको नयाँ शक्ति र विवेकशील नेपाली दलजस्ता प्रयासहरू अस्थिरताका सिकार भए भने रबिन्द्र मिश्रको वैकल्पिक राजनीतिको मुकुन्डो उत्रिन धेरै बेर लागेन । त्यसपछि केही तितर बितर भएका वैकल्पिक राजनीतिका समर्थक शुभेच्छुक अगुल्टोले हानेका कुकुर सरह भए । कोही नयाँ आए पनि कतै मिश्र जस्तै दरबारिया पो हो कि ? धर्मको आडमा भारतको जस्तो विभाजनकारी साम्प्रदायिक राजनीतिले सहिष्णु नेपाली समाजलाई अस्थिर बनाउने पो हुन् कि भन्ने पिरले धेरै बेर वैकल्पिक राजनीतिका शुभेच्छुक बालेन या रास्वपामा खुलेर लागेनन् । रास्वपाले वर्तमान व्यवस्थाप्रति प्रतिबद्धता जनाउँदै पारित गरेका नीति र बालेनका अवस्था सुधार्ने प्रयास देखेपछि बिस्तारै नयाँप्रति विश्वास बढ्दो छ । तर, धैर्यता, एकता र निरन्तरता आवश्यक छ । सुरुमा केही अनुहारले भीड जम्मा गरे पनि वैकल्पिक राजनीति र आजको विश्वमा देश सफल हुन् व्यक्तिभन्दा बलिया संस्था र संस्कार हुनु जरुरी छ ।
- केही व्यक्ति छोडेर गए या हिरासतमा गए पनि वैकल्पिक राजनीतिको अभियानलाई रानी बिनाको मौरी हुन नदिन या सङ्गठनको तल्लो तहका समर्थक अरिङ्गाल बन्नबाट बचाउन राजनैतिक प्रशिक्षण र महाधिवेशन टोल, वडा स्तरबाटै लोकतान्त्रिक प्रक्रियामार्फत् स्वस्थ प्रतिस्पर्धामार्फत सक्षम, स्वच्छ छवि र राजनैतिक सुझबुझ भएका युवाहरूलाई पार्टीको विभिन्न तहको नेतृत्व दिने संरचना रास्वपाले बनाउनु जरुरी छ ।
केही मित्रहरू अब बालेन र हर्कले पार्टी खोले उतै लाग्ने भन्ने दाउमा पनि छन् । अर्को पार्टी खुले पनि समाज त्यही हो, संस्कार त्यही हो । हिजो विवेकशील नेपाली दल र आज रास्वपा, जनमत आदिले सङ्गठन विस्तारमा भोगेका समस्याहरूको सामना उनीहरूले पनि गर्नैपर्छ । स्थानीय चुनावमा लौरोको सफलता देखेर नक्कली लौरो लिएर आएकाहरू त छँदै छन् । बाबुराम भट्टराईजस्तो अस्थिर चरित्र र रबिन्द्र मिश्रजस्तो राजनैतिक बेइमानी भएका बाहेक केही मित्रहरू परम्परागत दलमा स्थान नपाएर वैकल्पिक भएका छन् । अवसरवाद, व्यक्तिवाद र धमिलो पानीमा माछा मार्ने प्रवृत्ति भएकाहरूबाट वैकल्पिक राजनैतिक अभियानमा थप क्षति हुन नदिन केही लोकप्रिय अनुहारभन्दा बलिया संस्था र संरचना बन्न जरुरी हुन्छ । आस्था र आशाले जोडिएका लाखौँ सङ्गठित कार्यकर्ता भएका काङ्ग्रेस-एमाले जस्ता ठूला तर असफल र भ्रष्ट नेतृत्व भएका दलहरूसँग लड्न गाउँ-गाउँसम्मै सङ्गठन बन्न आवश्यक हुन्छ । राजनीतिमा रातारात भएको उदय पतन हुन धेरै बेर लाग्दैन ।
- केही मित्रहरू अब बालेन र हर्कले पार्टी खोले उतै लाग्ने भन्ने दाउमा पनि छन् । अर्को पार्टी खुले पनि समाज त्यही हो, संस्कार त्यही हो । हिजो विवेकशील नेपाली दल र आज रास्वपा, जनमत आदिले सङ्गठन विस्तारमा भोगेका समस्याहरूको सामना उनीहरूले पनि गर्नैपर्छ । स्थानीय चुनावमा लौरोको सफलता देखेर नक्कली लौरो लिएर आएकाहरू त छँदै छन् । बाबुराम भट्टराईजस्तो अस्थिर चरित्र र रबिन्द्र मिश्रजस्तो राजनैतिक बेइमानी भएका बाहेक केही मित्रहरू परम्परागत दलमा स्थान नपाएर वैकल्पिक भएका छन् । अवसरवाद, व्यक्तिवाद र धमिलो पानीमा माछा मार्ने प्रवृत्ति भएकाहरूबाट वैकल्पिक राजनैतिक अभियानमा थप क्षति हुन नदिन केही लोकप्रिय अनुहारभन्दा बलिया संस्था र संरचना बन्न जरुरी हुन्छ ।
त्यसैले अब केही व्यक्ति छोडेर गए या हिरासतमा गए पनि वैकल्पिक राजनीतिको अभियानलाई रानी बिनाको मौरी हुन नदिन या सङ्गठनको तल्लो तहका समर्थक अरिङ्गाल बन्नबाट बचाउन राजनैतिक प्रशिक्षण र महाधिवेशन टोल, वडा स्तरबाटै लोकतान्त्रिक प्रक्रियामार्फत् स्वस्थ प्रतिस्पर्धामार्फत सक्षम, स्वच्छ छवि र राजनैतिक सुझबुझ भएका युवाहरूलाई पार्टीको विभिन्न तहको नेतृत्व दिने संरचना रास्वपाले बनाउनु जरुरी छ ।
रास्वपा, विवेकशील साझा, जनमतजस्ता वैकल्पिक दललगायत भ्रष्टाचार विरोधी अभियानहरू माझ अब ८३ /८४ अघि नै सके एकता नत्र सहकार्य जरुरी छ । यदि माओवादी र राप्रपा अनि काङ्ग्रेस-एमाले गठबन्धन गरेर सत्तामा जान सक्छन् भने नयाँ दलहरू सहकार्य किन नगर्ने ? “वैकल्पिक राजनीतिको प्रयासमा सफल नभई बिदा हुनु परे पनि उज्ज्वल थापा दाइजस्तै नाम अमर हुनेछ। सफल भए नेपाल हाम्रै पुस्तामा रूपान्तरणतर्फ अग्रसर भएको देख्ने छौँ ।
तसर्थ हे अर्जुन !
आफ्नो अस्त्र (कलम र आवाज) नत्याग । हातमा कलम हुनेहरू कलम लिएर उठ, साथमा केही नहुनेहरू आवाज लिएर उठ…”
हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः
गीता २:३७
मैले यत्ति भनेपछि अर्जुनले पुनः कलम उठाए…।
फेसबुक प्रतिक्रियाहरु