सोमवार, चैत्र १०, २०८१
  • होमपेज
  • नेपाल घरेलु मैदानमा एक वर्षपछि त्रिकोणात्मक श्रृंखलाको उपाधि हात पार्न सफल
Breaking News

नेपाल घरेलु मैदानमा एक वर्षपछि त्रिकोणात्मक श्रृंखलाको उपाधि हात पार्न सफल

 

नेपालले घरेलु मैदानमा एक वर्षपछि त्रिकोणात्मक श्रृंखलाको उपाधि हात पार्न सफल भएको छ । र त्यो उपाधि हात पार्ने टोलीमा अधिकांश युवा रहेका छन् ।अनुभवी र सिनियर खेलाडी नरहेको टिमले पनि ५ खेलमा अविजित रहँदै उपाधि उचाल्यो । कोरोना महामारीका कारण रोकिएको खेलकुद पुन सुरु भएपछि घरेलु मैदानमा पहिलो उपाधि उचाल्न पाएका कप्तान सन्दीपको सुखद सुरुवातको रुपमा यसलाई लिइएको छ । यो उपाधि नेपाली क्रिकेट भविष्यको राम्रो सुरुवात रहेको कप्तान लामिछाने तथा प्रशिक्षक पुबुदु दशनायकेले बताए । ‘नेपाली क्रिकेटले राम्रो दिशा लिँदै छ । प्रशिक्षक दशनायकेले भने,यो एउटा सुरुवात मात्र हो’,

कप्तान सन्दीपका अनुसार यो उपाधिलाई नेपाली क्रिकेटको भविश्यमा आउने सफलताको प्रतिक भनेको छ । ‘पूरै प्रतियोगिता राम्रो खेल्यौं भविष्यको सफलताको यो राम्रो सुरुवात हो’,खेलपछिको पत्रकार सम्मेलनमा उनले भने । सबै खेलाडीले मन लगाएर खेलेको कारण यो सम्भव भएको उनले बताएका छन् । ‘मैले मात्रै गरेर केही भएको होइन सबै खेलाडीले आफ्नो जिम्मेवारी पूरा गरेकाले सहज भयो’, उनले भने ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार