शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • इराकविरुद्ध नेपालको सानदार जित, सावित्राले गरिन् पाँच गोल
फुटबल

इराकविरुद्ध नेपालको सानदार जित, सावित्राले गरिन् पाँच गोल

काठमाडौं – पश्चिम एशिया फुटबल एसोसिएसन (वाफ) च्याम्पियनसिपमा इराकविरुद्ध नेपालले सानदार जित निकालेको छ । बिहीबार साँझ भएको खेलमा नेपालले इराकलाई ५–० गोलले पराजित गरेको हो ।

नेपालका लागि पाँच गोल नै सावित्रा भण्डारीले गरिन् । उनले पहिलो हाफमा चार गोल गरेकी थिइन भने दोस्रो हाफमा एक गोल थपिन् । सावित्राले खेलको १४ औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाएकी थिइन् । दुई मिनेट नवित्दै भण्डारीले अर्को गोल गरिन् । भने खेलको ३७ औं मिनेटमा सावित्राले तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरिन् ।

त्यस्तै खेलको ४४ औं मिनेटमा उनले व्यक्तिगत चौथो गोल गर्दै नेपाललाई ४–० को अवस्थामा पुर्याएकी हुन् । उनले खेलको ८० र्औ मिनेनमा व्यक्तिगत पाँचौ गोल गरेकी थिइन् ।

नेपालले यसअघि पहिलो खेलमा सिरियालाई ४–१ गोल अन्तरले हराएको थियो । इराक भने पहिलो खेलमा प्यालेस्टाइनसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

यस प्रतियोगितामा नेपाल र गुआम आमन्त्रित टिमको रुपमा सहभागिता जनाइ रहेका छन् । नेपाल रहेको समूह ‘बी’ मा प्यालेस्टाइन, सिरिया र इराक रहेका छन् भने समुह ‘ए’ मा आयोजक साउदी अरेबियासहित, गुआम, लेबनान र जोर्डन रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै