शनिबार, बैशाख २२, २०८१
Breaking News

उजाड जिन्दगी !

सरोज थापा

छोड्नेले चिठ्ठी नाम गरेको यस्तो जहर छोडेर हिड्यो,
यस्तो लाग्यो कसैले मेरै मृत्युको खबर छोडेर हिड्यो ।

तिमी गएपछि नै जिन्दगी उजाड-उजाड भएको हो,
लागिरहेछ कि किसानले जमिन बञ्जर छोडेर हिड्यो ।

गाउँले थियो बिचरा प्रेम गर्‍यो  प्रेमको नाटक बुझेन,
सबथोक लुटाएपछि प्रेममा ऊ सहर छोडेर हिड्यो ।

ठूलो र शक्तिशालीकै पछि लाग्ने चलन भएर हुनुपर्छ,
ठूऽऽऽलो नदी आयो र नदीसँगै माझी बगर छोडेर हिड्यो ।

आँखाहरूमा त्यस्तो खास के हुन्छ ? किन चाइयो ?
यार त्यो आँखाले त यो दिलमा असर छोडेर हिड्यो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै