शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • संगठन विस्तार तथा शुद्धिकरण अभियानका लागि कर्मचारी युनियनको टोली बझाङमा
Breaking News

संगठन विस्तार तथा शुद्धिकरण अभियानका लागि कर्मचारी युनियनको टोली बझाङमा

बझाङ । नेपाल निजामती कर्मचारी युनियनको संगठन विस्तार तथा शुद्धिकरण अभियानका लागि केन्द्रीय प्रतिनिधिको टोली बझाङमा पुगेको छ । बिहीबार जिल्ला सदरमुकाम चैनपुरमा जिल्लाका युनियनकर्मीलाई टोलीले प्रशिक्षण गरेको थियो ।

नेपाल निजामती कर्मचारी युनियनको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार युनियन विस्तार तथा शुद्धिकरण अभियान (२०८० फागुन ८–१७) अन्तर्गत केन्द्र्रीय उपाध्यक्ष धर्मबहादुर देउवासहितको टोली बझाङ पुगेको थियो । अभियानका क्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय केन्द्रीय सदस्य त्रैलोक्य जोशी, डम्मरसिंह थापा, अम्मापति भट्ट र डिलबहादुर आलेको उपस्थिति रहेको जिल्ला सचिव चिरञ्जीवी जोशीले बताए ।

जोशीका अनुसार कार्यक्रममा युनियनका नीति उद्देश्यसम्बन्धमा प्रशिक्षण गर्ने, निजामती कर्मचारीका समस्याहरुका सम्बन्धमा छलफल गर्ने, निजामती ऐन यथासिघ्र ल्याउन सरकार समक्ष दबाब पेश गर्नेसम्बन्धि छलफल भएको थियो ।

कार्यक्रममा खप्तडछान्ना गाउँपालिका स्वास्थ्य संगठनका अध्यक्ष सुरेन्द्रबहादुर रोकायाले नेपाल निजामती कर्मचारी युनियनमा प्रवेश गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार