शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • २२ औँ फिफा विश्व कप फुटबलको भव्य उद्घाटन
फुटबल

२२ औँ फिफा विश्व कप फुटबलको भव्य उद्घाटन

काठमाडौं । कतारमा २२ औँ फिफा विश्व कप फुटबलको भव्य उद्घाटन भएको छ । उद्घाटन समारोहको आयोजना अल बायत रङ्गशालामा भएको छ ।

कतारका शेख तमीम बिन हमद अल थानीले विश्व कप सुरु भएको आधिकारिक घोषणा गरेका छन् । उनले सबैको स्वागत गर्दै शुभकामना पनि दिए । यसअघि विश्व कपको ट्रफीलाई अल बायत रङ्गशालामा ल्याइएको थियो ।

उद्घाटन कार्यक्रममा दक्षिण कोरियाको चर्चित ब्यान्ड बीटीएसको प्रस्तुतिमा स्टेडियममा उपस्थित समर्थकले नाचगान गरेका छन् । यस्तै नौ सयभन्दा धेरै कलाकारले प्रस्तुति दिए । हलिउडका चर्चित अभिनेता मोर्गन फ्रीम्यान पनि उद्घाटन समारोहमा देखिएका थिए । यो प्रतियोगितामा ३२ देश सहभागी हुँदैछन् । ३२ देशलाई हरेक समूहमा चार वटाका दरले आठ वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई वटा देश अन्तिम १६ मा पुग्नेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार