शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी
फुटबल

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी विजयी भएको छ । गएराति भएको खेलमा एस्टोन भिल्लालाई ३–१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । सिटीका लागि खेलको ४औँ मिनेटमा नै रोड्रीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३९औँ मिनेटमा इल्केए गुन्डोगानले गोल गरे भने रियाद महारेजले पेनाल्टीमा गोल गरे।

एस्टोन भिल्लाका लागि ओली वाट्किन्सले सान्त्वना गोल गरे । जितसँगै म्यानचेस्टर सिटी प्रिमियर लिगको दोस्रो स्थानमा उक्लिएको छ । २२ खेलमा सिटीले ४८ अङ्क जोडेको छ । सिटीले शीर्ष स्थानको आर्सनलसँग अङ्क दूरी छोट्याएको छ । आर्सनलको ५१ अङ्क छ ।

यस्तै, गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाइटेडलाई हराएको छ । म्यानचेस्टर युनाइटेड २–० गोल अन्तरले विजयी भएको हो । युनाइटेडको जितमा मार्कुस रासफोर्ड र एलेजान्ड्रो गर्नाचोले एकरएक गोल गरे । जितपछि म्यानचेस्टर युनाइटेडको ४६ अङ्क भएको छ । म्यानचेस्टर अङ्क तालिकाको तेस्रो स्थानमा छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार