शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने
फुटबल

१४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने

काठमाडौं । १४ औं संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता भारतमा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को हिजो बसेको कार्यकारी समितिको बैठकले साफ च्याम्पियनसिप–२०२३ भारतमा गर्ने निर्णय गरेको हो । प्रतियोगिताको मिति र ठाउँ तय हुन बाँकी नै छ । माल्दिभ्समा भएको १३ औं साफ च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । फाइनलमा नेपाल भारतसँग ३–० गोलले पराजित भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार