शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • वर्गीकृत छात्रवृत्तिका लागि पुनः सूचना जारी
प्रदेश १

वर्गीकृत छात्रवृत्तिका लागि पुनः सूचना जारी

काठमाडौं। प्रदेश १ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को प्रदेश कार्यलय इटहरीले आवश्यक विद्यार्थी नपाएपछि वर्गीकृत छात्रवृत्तिका लागि पुनः सूचना जारी गरेको छ । शैक्षिक सत्र २०७९/२०८० को लागि डिप्लोमा तथा प्रमाण पत्र तहको वर्गीकृत (निःशुल्क) छात्रवृत्तितर्फका लागि गत कार्तिक २० गते प्रकाशित सूचना अनुसार भर्ना हुन नआएकोले केही शिक्षण संस्थाहरुमा निर्धारित कोटा रिक्त हुने भएकाले जुनसुकै वर्गका उम्मेदवारले निवेदन लिने निर्णय गरिएको कार्यालयले जनाएको छ ।

सोमबार प्रकाशित कार्यालयको सूचना अनुसार डिप्लोमा इन इनफर्मेसन टेक्नोलोजी तथा एनिमल साईन्स कार्यक्रमको केही सिटहरुमा कुनै पनि वैकल्पिक तथा उत्तीर्ण सूचीमा उम्मेदवारहरु नरहेकोले जुनसुकै वर्गका उम्मेदवारले निवेदन दिन सक्नेछन् ।

कार्यालयले असोज ५ गते प्रकाशित वर्गीकृत ९निशुल्क० छात्रवृत्ति प्रवेश परीक्षाको जुनसुकै कार्यक्रमको उत्तीर्ण सूचीमा रहेका योग्य उम्मेदवारहरु मध्येबाट योग्यता क्रमानुसार सिफारिस गर्नुपर्ने भएकाले इच्छुक उम्मेदवारले मंसिर २५ गतेभित्र आवेदन बुझाउन अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार