शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • आज महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै
प्रदेश १

आज महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं । आज महागुरु फाल्गुनन्दको १३८औँ जन्मजयन्ती मनाइँदैछ । विशेषगरी किरात समुदायमा गुरु फाल्गुनन्दको योगदान स्मरण गरी सम्झना गर्ने गरिन्छ । फाल्गुनन्द जयन्तीको अवसरमा किरात समुदायका अगुवाले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

१९४२ सालमा पूर्व नेपालको इलाममा जन्मिएका महागुरु फाल्गुनन्दको पूर्वी नेपालका विभिन्न ठाउँमा किरातहरूको मग हिम मन्दिरको स्थापना गर्न योगदान छ । किरात समुदायलाई विकासको मूलधारमा ल्याउन, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउन अनि शिक्षाको प्रादुर्भाव गर्न गुरु फाल्गुनन्दको विशेष भूमिका रहेको मानिन्छ ।

त्यस्तै, किरात समुदायलाई रूढिवादी परम्पराबाट बाहिर ल्याउन पनि गुरु फाल्गुननन्दको भूमिका छ । सरकारले २०६६ साल मङ्सिर १६ गते फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा गरेको थियो । उनको सम्मानमा पाँचथरमा गाउँपालिकाको नाम नै फाल्गुनन्द गाउँपालिका राखिएको छ । अनि झापा जिल्लाको शान्तिनगरमा उनको पूर्ण कदको प्रतिमा पनि स्थापित गरिएको छ । त्यस्तै, दमक, झापा, इलाम, ताप्लेजुङ, पाँचथर हुँदै चीन जोड्ने सडक मार्गलाई पनि नेपाल सरकारले फाल्गुनन्द राजमार्ग नामकरण गरेको छ ।

फाल्गुनन्दको तस्बिर प्रयोग गरेर सरकारले हुलाक टिकट पनि निकालेको छ । नेपालमा मात्र होइन, भुटान र भारतमा रहेका किरात समुदायले आजको दिनलाई विशेष रुपमा लिने गरेका छन् । फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा आज प्रदेश–१ मा सार्वजनिक बिदा दिइएको छ । फाल्गुनन्दको २००५ सालमा पाँचथरमा निधन भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार