शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • प्रदेश १ सरकारले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने
प्रदेश १

प्रदेश १ सरकारले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने

प्रदेश १ सरकारले संखुवासभाको मादी नगरपालिका–६ मा भएको बस दुर्घटनामा ज्यान गुमाएका परिवारलाई एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले मृतकका परिवारलाई एक लाखका दरले राहत उपलब्ध गराउने बताए । बिहीबार संखुवासभाको मादी ६ मा बस दुर्घटना हुँदा १५ जनाको ज्यान गएको थियो । दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । मादीबाट झापाको दमक आउँदै गरेको बा.४ ख ७३५ नम्बरको यात्रुवहाक बस मादी–६ को सातघुम्ती मोडमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १४ जना यात्रुको घटनास्थलमा ज्यान गएको थियो । एक जनाको उपचारका क्रममा धरानमा ज्यान गएको थियो ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार