शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • धरानका मेयर हर्क साम्पाङले गरे १०० दिनको कामको विवरण सार्वजनिक
प्रदेश १

धरानका मेयर हर्क साम्पाङले गरे १०० दिनको कामको विवरण सार्वजनिक

सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ ९हर्क राज राई० ले आफू निर्वाचित भएपछि अहिलेसम्म गरेका कामको विवरण सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले १३ बुँदामा विवरण सार्वजनिक गरेका हुन् ।

गएको वैशाख ३० गते भएको पालिका चुनावमा साम्पाङ स्वतन्त्रबाट धरान उप–महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् । उनले नेपालमा श्रम संस्कृतिको क्रान्ति सुरुवात गरेको, चार ठाउँबाट खानेपानीको मुहान थपेको, व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएको, ६ लाख बिरुवा रोपेको, सरसफाइमा देखिने गरी सुधार ल्याएको उल्लेख गरेका छन् ।

यस्तै शिक्षा, स्वास्थ्य, प्रशासनिक सुधार र शान्तिसुरक्षा, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको, बाटो मर्मत सम्भार तथा तटबन्धन र विपद् व्यवस्थापन लगायतका काम गरेको उल्लेख गरेका छन् । काठमाडौँ महानगरको फोहर व्यवस्थापनका बारेमा सामाजिक सञ्जालमा लेखेपछि अहिले मेयर राईको टिका–टिप्पणी भइरहेको छ ।
थ्यग कभलत
१०० दिनमा के गरिस तँले रु भन्ने प्रश्न सोध्नेलाई मेरो उत्तरस्
१-नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें ।
२-४ ठाउँबाट खानेपानीको मूहान थपें ।
३-व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ।
४-६ लाख विरुवा रोपें ।
५- सरसफाइमा देखिने सुधार ल्याएँ ।
६- प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ ।
७-जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें ।
८- बाटो मर्मत संभार तथा टटबन्धन, विपद व्यवस्थापन ।
९- लागु औषध विरुद्धको अभियान शुरु गरें ।
१०- योजनाहरुका लागि बजेटको जोहो गराएँ।
११- पारदर्शी हिसाब किताब सार्बजनिक गरें।
१२-पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ ।
१३- शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार