आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • गायिका बबिता बानियाँ ‘जेरी’ र गायक क्षेत्रीको वैवाहिक सम्बन्ध टुङ्गियो
सेलिब्रेटी

गायिका बबिता बानियाँ ‘जेरी’ र गायक क्षेत्रीको वैवाहिक सम्बन्ध टुङ्गियो

गायिका बबिता बानियाँ ‘जेरी’ ले श्रीमान् गायक शंकर क्षेत्रीसँगको वैवाहिक सम्बन्ध टुङ्ग्याएकी छन् । दुबैले सहमतिमा औपचारिक रुपमै सम्बन्ध टुङ्ग्याएका हुन् । सम्बन्ध विच्छेदका लागि दुबैले काठमाडौं जिल्ला अदालतमा केही अगाडि निवेदन दिएका थिए । बिहीबार काठमाडौं जिल्ला अदालत पुगेर दुईले वैवाहिक सम्बन्ध आधिकारिक रुपमा टुङ्ग्याएको गायक तथा सञ्चारकर्मी कमल सरगमले जानकारी दिए ।

करिब ५ वर्षको प्रेमलाई विवाहमा परिणत गरेका उनीहरूको एक छोरी छिन् । जेरी गोर्खाकी हुन् भने शंकर नेपालगन्जका हुन् । लोकदोहोरी गायनका सिलसिलामा भेटेका उनीहरूबीच गायनकै सिलसिलामा प्रेम बसेको थियो । छोरीको लालनपालन शंकरले हेर्ने तर उमेर नपुग्दासम्म आमासँगै राख्ने सहमति दुई जनाबीच भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार