शनिबार, असार १, २०८१
  • होमपेज
  • पाटादेवलमा तेज खड्का र मेल्तडीमा गौरी अधिकारी विजयी
Breaking News

पाटादेवलमा तेज खड्का र मेल्तडीमा गौरी अधिकारी विजयी

बझाङ । खप्तडछान्ना गाउँपालिका वडा नम्बर ६ मा नेकपा एमालेका अध्यक्षका उम्मेदवार तेजबहादुर खड्का विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी सत्ता गठबन्धनका आइते थापालाई ५ मतले पराजित गर्दै खड्का विजयी भएका हुन् ।

खड्काले ४५० मत प्राप्त गर्दा थापाले ४४५ मत प्राप्त गरेका छन् । महिला सदस्य, दलित महिला सदस्य र दुई जना खुला सदस्यमा भने गठबन्धनका उम्मेदवार विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खप्तडछान्ना गाउँपालिका वडा नम्बर ३ मा गौरी अधिकारी रावल विजयी भएकी छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मण रोकायालाई ८१ मतले पछि पार्दै अधिकारी विजयी भएकी हुन् ।

अधिकारीले ३७१ मत प्राप्त गर्दा एमालेका रोकायाले २९० मत प्राप्त गरे भने स्वतन्त्र तर्फका उम्मेदवार खडक रावलले ७७ मत प्राप्त गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार