शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै
Breaking News

भारतीय प्रधानमन्त्री मोदी आज लुम्बिनी आउँदै

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्ती समारोह सम्बोधनका नेपाल आउने भएका छन् ।प्रधानमन्त्री मोदीसहित संघीय सरकारका एक दर्जन मन्त्री लुम्बिनी आउने भएका हुन् ।

लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागीलगायत उच्च पदस्थ व्यक्तिहरु भारतीय प्रधानमन्त्रीको स्वागतमा लुम्बिनी पुगेका छन् ।

प्रधानमन्त्री देउवाले सोमबार बिहान भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने कार्यक्रम छ । भारतका प्रधानमन्त्री मोदी सोमबार बिहान साढे १० बजे वायु सेनाको हेलिकोप्टरमा यहाँ उत्रिनेछन् । त्यसपछि मायादेवी मन्दिरमा पूजालगायत कार्यक्रम छन् ।

भारतको संस्कृति मन्त्रालयले यहाँ निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय बुद्धिस्ट कन्फेडेरेसन (आईबीसी) को नेपाल र भारतका प्रधानमन्त्रीले शिलान्यास गर्नेछन् । अपराह्न दुवै मुलुकका प्रधानमन्त्रीले २५६६ औं बुद्ध जयन्ती समारोह सम्बोधन गर्ने कार्यक्रम छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार