आइतबार, जेष्ठ ६, २०८१
  • होमपेज
  • फ्रेन्च लिग वान फुटबल : पीएसजी उपाधि नजिक
फुटबल

फ्रेन्च लिग वान फुटबल : पीएसजी उपाधि नजिक

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) उपाधि नजिक पुगेको छ । आइतबार राति दोस्रो स्थानको मार्सेलीलाई २-१ गोल अन्तरले हराएसँगै पीएसजी उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक एक गोल गरे । खेलको १२ औं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको ३१ औं मिनेटमा डुजे कालेटा कारले गोल गर्दै मार्सेलीलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा एमबाप्पेले पेनाल्टीबाट गोल गर्दै पीएसजीलाई २-१ को जित दिलाए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार