शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • भारततर्फ लैजाँदै गरेको दुई वटा हात्तीसहित तीन जनालाई पक्राउ
गण्डकी प्रदेश

भारततर्फ लैजाँदै गरेको दुई वटा हात्तीसहित तीन जनालाई पक्राउ

 

पर्साबाट प्रहरीले भारततर्फ लैजाँदै गरेको दुई वटा हात्तीसहित तीन जनालाई पक्राउ गरेको छ । चितवन भरतपुर महानगरपालिका वार्ड नम्बर– १८ जीतपुर बस्ने ६० वर्षीय बुद्धिराम महतो, ४० वर्षीय राजु कुमाल र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवाका ३५ वर्षीय सफरोज आलम पक्राउ परेका हुन् ।
महतो र कुमाल माउते हुन् भने आलम हात्ती बिक्री गर्न लैजाने व्यक्ति भएको प्रहरीले जनाएको छ । नेपालबाट भारततर्फ हात्ती बिक्री गर्न लैजाँदै गरेको सूचना पाएपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पकहामैनपुर गाउँपालिका–५ पोखरिया टोलबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिए । उनीहरुलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार