शनिबार, साउन १२, २०८१
  • होमपेज
  • सरकारद्वारा बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभ कर छलीको मुद्दा दायर
अर्थ

सरकारद्वारा बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभ कर छलीको मुद्दा दायर

सरकारले बोटलर्स नेपालविरुद्ध सात अर्ब ४३ करोड रुपैयाँभन्दा धेरै बिगो दाबी गर्दै पुँजीगत लाभ कर छलीको मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान विभागले आज शुक्रवार उच्च अदालत पाटनमा बोटलर्सविरुद्ध सात अर्ब ४३ करोड ६३ लाख आठ सय २२ रुपैयाँ बराबरको कर तथा बिगो दाबी मुद्दा दायर गरेको विभागका महानिर्देशक प्रकाश पौडेलले जानकारी दिए । बोटलर्स नेपालविरुद्ध पुँजीगत लाभकर छलीमा विभागले अनुसन्धान गर्दै आएको थियो । बोटलर्स नेपाल लिमिटेडको आधाभन्दा बढी स्वामित्व एउटा कम्पनीबाट अर्कोमा हस्तान्तरण गर्दा पुँजीगत लाभ कर छलेको आरोप छ ।
बालाजु औद्योगिक क्षेत्रमा रहेको बोटलर्स नेपाल लिमिटेडका सञ्चालक, प्रबन्ध निर्देशक, आर्थिक कारोबार लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका १७ जनालाई प्रतिवादी कायम गरी राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार