बुधबार, भदौ १९, २०८१
  • होमपेज
  • ए डिभिजन लिगमा पाँचौं चरणका खेल हुँदै
फुटबल

ए डिभिजन लिगमा पाँचौं चरणका खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट पाँचौँ चरणका खेल हुने भएका छन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् ।

शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगमा पाँचौं चरणका खेल हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दैछ । अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब विभागीय बलियो टोलीलाई रोक्दै अंकका लागि खेल्दा आर्मीले एएफसी कपको छनोट चरण खेल्ने लक्ष्य लिएर स्पष्ट तीन अंकका लागि खेल्दैछ ।

आर्मीलाई रोक्दै तीन अंकका लागि खेल्ने सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जनले बताएका छन् । लिगअन्तर्गत दिनको दोस्रो खेलमा संकटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार